बडीगार्डलाई पिजी सर्टिफिकेट
Published on: Tuesday, September 4, 2012 //
Kollywood News
भाद्र २९ गते रिलिज हुन लागेको फिल्म 'बडीगार्ड' लाई सेन्सर बोर्डले १३ बर्ष मुनिका बालबालिकाले अभिभावकको उपस्थितीमा मात्र हेर्न पाउने गरी 'पिजी सर्टिफिकेट' दिएको छ । फिल्ममा प्रयोग गरिएका द्धन्दलाई ध्यानमा राखेर सेन्सर बोर्डले सोमबार बडीगार्डलाई 'पिजी सर्टिफिकेट' दिएको हो ।
फिल्मको सेन्सर भए पश्चात फिल्मीखबरसँग कुरा गर्दै निर्माता शुसिल पोखरेलले भने, 'फिल्ममा द्धन्दका दृश्यहरू अलि डरलाग्दो भएकाले सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको हो ।' उनका अनुसार सेन्सर बोर्डका सदस्यले फिल्मलाई रूचाए र कुनै पनि दृश्यमा आपत्ति जनाएनन् । राजेन्द्र उप्रेतीले निर्देशन गरेको सो एक्सन शैलीको फिल्ममा आकाश शाह एक्सन हिरो भएर देखिंदैछन् ।
देश र समाजको सुरक्षाका लागि हरेक नागरिक बडीगार्ड हुनुपर्छ भन्ने सामाजिक सन्देश सहित निर्माण गरिएको बडीगार्डमा आकाशको साथमा सौजन्य सुब्बा, दिव्वेश्वर गौतम, दिपेन्द्र चन्द ठकुरीको पनि मुख्य भुमिका रहेको छ । शिबम अधिकारीको लेखन रहेको सो फिल्ममा हिमाल केसीको द्धन्द, बब्बु थापाको नृत्य तथा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।