Big News Times

\Latest Posts

Basnetg.com - Premium WordPress Themes

Full Nepali Movie – Rajya

Published on: Thursday, September 6, 2012 // ,

Rajya_Nepali_Movie

Nepali Movie Rajya

Cast: Ramit Dhungana, Suman Sing, Usha Paudel,

Nabin Shresta, Jharna Thapa, Sonia KC
Genre: Love/Drama/Action
Producer: Prabha S.J Rana


Nepali Movie – Naina Resham

Published on: // , ,

Naina_Resham_PosterMovie: Naina Resham
Movie Cast: Biraj Bhatta, Nisha Adhikari, Surbir Pandit., Shyam Rai.
Producer: Ajid Jang Rana
Genre: Love story
Director: R.B Khatri (Sharad)




स्टारका लागि फिल्म बनाउँदिन : ऋषि लामिछाने (निर्देशक)

Published on: // ,

दुई दर्जन फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेपछि बिसं २०६१ सालमा कहिं मिलन कहिं बिछोड फिल्मबाट निर्देशक बनेका ऋषि लामिछानेका फिल्म संख्यात्मक रूपमा कम छन् तर सफलता भने उनीसँगै छ । पहिलो फिल्म निर्देशन गरे तर व्यवसायिक रूपमा सफल हुन सकेन । त्यसपछि उनी ०६१ सालमा नै 'परिचय' नामक टेलिफिल्म लिएर दर्शक माझ उपस्थित भए जुन सिरियलले नेपालमा मात्र हैन बिश्वमा समेत चर्चा पायो । त्यसपश्चात टेलिफिल्म, डकुमेन्ट्री, सर्ट फिल्म गरि ४०० भन्दा बढि प्रोजेक्टमा उनले आफ्नो कला प्रस्तुत गरे । दोस्रो फिल्म आफ्नो मान्छे आफ्नै हुन्छ व्यवसायिक रूपमा मात्र सफल भएन कि उनलाई अवार्ड पनि यहि फिल्मले दिलायो । त्यसपछि श्रीमान श्रीमती, हाम्रो माया जुनी जुनीलाई निर्देशन गरे । र, अहिले उनी नयाँ फिल्म 'सरी ल' को सुटिङ तयारीमा छन् । यिनै निर्देशकसँग फिल्मीखबरले गरेको छोटो कुराकानीको सम्पादित अंश –

'सरी ल' कस्तो खालको फिल्म हो ?
समयको बन्धनमा बाँधिएका सकारात्मक तथा नकारात्मक घटनाक्रमहरू अनि कति जानेर कति नजानेर गरिने ति घटनाहरू र त्यहि घटना र दुर्घटना बिचबाट निक्सिएको कथा हो 'सरी ल' ।
लगातार रूपमा स्टार कलाकारसँग काम गरिरहेको मान्छे एक्कासी सुवास थापा, राजन खतिवडा जस्ता थिएटरका कलाकारसँग नजिक हुनुको कारण ?
स्टारको आफ्नै स्थान छ । तर समय परिवर्तन भएको छ र त्यो समयले मलाई पनि परिवर्तन गराएको छ । हो पहिला मैले स्टारको लागि फिल्म बनाएँ तर अब म कलाकारको लागि फिल्म बनाउँदैछु । मलाई स्टार हैन कलाकार चाहिएको थियो र 'सरी ल' मा कलालाई बुझ्ने र कलामा खारिएका कलाकारसँग काम गर्न लागेको हुँ ।' पहिला मलाई स्टारको परिधीले बाँधेको थियो तर अहिले त्यसबाट छुटकारा लिंदै नयाँ परिधी भित्र घुलमिल हुन लागेको हो ।

के त्यसो भए पुराना कलाकार अर्थात स्टारहरूको समय सकिएको हो त ?
त्यस्तो पनि हैन । स्टारको आफ्नै स्थान र महत्व छ । स्टार बिनाको फिल्म क्षेत्र खल्लो हुन्छ । दर्शकले जस्को टेस्ट खोज्छन् हामी तिनैको पछि लाग्ने हो । कुनै बेला टाउको बिक्थ्यो तर अहिले कला बिक्न थालेको छ । त्यसैले म अहिले सरस्वतीका वरपुत्रसँग काम गर्न लागेको हो । अब स्टार पनि कलाकार हुन जरूरी छ  र  आफ्नो स्टारडम देखाउन पनि छाड्नु पर्छ नत्र समयले कहाँ पुर्‍याउँछ भन्न सकिन्न ।

के त्यसो भए अब स्टारसँग काम गर्नु हुन्न ?
अब स्टार भनेर पछि लाग्दिन । यदि स्टारहरू पनि कलाकार भएर आउनु भयो भने पक्कै पनि काम गर्छु । अर्को कुरा फिल्मको कथाको डिमाण्ड पनि हुन्छ । कथाले मागे अनुसारको कलाकारसँग काम गर्छु तर स्टार नै भनेर पछि लाग्दिन ।

अहिले 'सरि ल' को निर्माण क्रममा हुनुहुन्छ । कस्तो सहयोग पाईरहनु भएको छ र अनुभव कस्तो हुँदैछ ?
कलालाई राम्रोसँग बुझेका मानिसहरूसँग काम गर्नुको मज्जा नै बेग्लै हुन्छ । कथाको मर्मलाई बुझ्ने, पात्रको चरित्र भित्र हराउने कलाकारसँग काम गर्न निकै मज्जा लाग्ने रहेछ । साँच्चिकै भन्ने हो भने मैले पनि उहाँहरूबाट केहि सिक्ने मौका पाएको छु, मैले उहाँहरूलाई बुझ्ने मौका पाएको छु भने उहाँहरूले पनि मलाई नजिकबाट बुझिरहनु भएको छ । हाम्रो टिमको आश भरोसा ठूलै छ बाँकी त भगवान भरोसा ।

विगतलाई फर्केर हेर्दा पहिलो फिल्मले सफलता पाएन तर सिरियलमा निकै जम्नु भो । कारण ?
कहिं मिलन कहिं बिछोड पहिलो काम थियो तर नराम्रो थिएन । व्यवसायिक पाटो आफ्नो ठाउँमा छ मैले आफ्नो तर्फबाट राम्रो फिल्म बनाएको छु जस्तो लागेको छ । पहिलो फिल्म गरे पश्चात सिरियललाई समय छुट्याएँ र सफल पनि भएँ । परिचय सिरियलले मेरो परिचय खोलिदियो । जापानको एनएचके टिभीले परिचयलाई शुरूमा दक्षिण एशियाको टप ड्रामामा राख्यो र त्यसपछि वर्ल्डको टप सिरियलको लिस्टमा राख्यो त्यो नै मेरो ठूलो सफलता थियो । त्यसपछि थुप्रै सिलियल, डकुड्रामाहरू गरें तर फिल्मको मोहले पुन: तान्यो र आफ्नो मान्छे आफ्नै हुन्छ निर्देशन गरें । यो फिल्म व्यवसायिक रूपमा सफल मात्र भएन कि दुई छुट्टै अवार्डबाट सम्मानित पनि भएँ । आशा छ अबका दिनमा अझ राम्रो काम सहित सफलाता पाउने छु ।

त्यसपछिको फिल्मले त अलि ओझेलमा पारेन र ?
आफ्नो मान्छे आफ्नै हुन्छ पछि श्रीमान श्रीमती गरें त्यसले व्यवसायिक लाभ लिन सकेन तर मैले काम नराम्रो गरें भन्दिन । हो दर्शकको टेस्ट फरक भईसकेको थियो र म असफल देखिएँ । हुनसक्छ म समयसँग घुलमिल हुन जानिन । तर अब समयले निकै कोल्टे फेरेको छ र त्यो कोल्टे फेराईसँगै म पनि कोल्टे फेर्दैछु । समय र त्यसको महत्वलाई नजिकबाट बुझ्ने कोशिस गर्दैछु ।

आगामी प्रोजेक्ट के कस्ता छन् ?
सरी ल सकिए लगत्तै साथ भन्ने फिल्म गर्दैछु र त्यसपश्चात आचार्य बनाएको सिल्क रूटको व्यानरसँग काम गर्नेछु । छबिराज ओझाको फिल्म लाई पनि पाईपलाईनमा राखेको छु । तर यि सबै फिल्म दर्शक र समयको टेस्टसंगै बन्नेछन् ।

मेरो जीवनको टर्निङ प्वाइन्ट हो `विन्दास` : नायक फुँयाल

Published on: // ,
सुरुमा केही म्युजिक भिडियोमा मोडलिङ गर्दै रंगमन्चमा प्रवेश गरेका नायक अशोक फुँयाल यतिवेला आफ्नो तेस्रो फिल्म विन्दासको प्रचारप्रसारमा निकै व्यस्त छन् । व्यापार नै आफ्नो मुख्य पेशा भएको वताउने नायक फुँयाल अभिनय आफ्नो सोख र सानैदेखीको इच्छा भएको बताउँछन् । हाल उनलाई विन्दासको प्रचारप्रसार गर्न नेपालगंजका विभिन्न मिडियामा भ्याईनभ्याई छ । नायक फुँयालसंग फिल्मीखबर संवाददाता विष्णु शाहीले गरेको कुराकानी -

व्यापारमा व्यस्त हुँदाहुँदै फिल्ममा अभिनय गर्ने इच्छा कसरी जाग्यो ?
पहिलो कुरा अभिनय मेरो सानैदेखीको रुची भएकै कारण यस क्षेत्रमा प्रवेश गरेको हो । स्कुल तथा कलेजमा बेलाबेला नाटकहरूमा अभिनय गर्थें पछी म विस्तारै मोडलिङ क्षेत्रमा प्रवेश गर्दै गएँ र साथीभाइको हौसला पनि मिल्दै गयो । मोडलिङ यात्रा अगाडी वढ्ने क्रममा मेरो साथीले दिलमाया फिल्ममा नयाँ कलाकार आवश्यक परेको कारण निर्देशक राजु गिरीसंग मेरो कुरा गरेको रहेछ । निर्देशक राजु गिरीसंग मैले भेट गरें । मलाई स्टोरी मन पर्यो र निर्देशकलाई मेरो अभिनय त्यसकारण नै ठुलो पर्दामा अभिनय यात्रा सुरुवात गरें । तर, व्यापार नै छोडेर भने यो क्षेत्रमा लाग्ने भने छैन किनकी मेरो पहिलो प्राथमिकता व्यापार हो ।

विन्दास कस्तो फिल्म हो ?
विन्दास एउटा शहरिया युवायुवतीको वास्तविक कथामा आधारित फिल्म हो । आफ्नो जीन्दगी आफ्नो तरिकाले चलाउनुपर्छ कसैको हस्तक्षेप हुनु हुँदैन भन्ने परिवारको कथा छ । र, युवाहरु धेरै स्वतन्त्र हुँदा आईपर्ने समस्यालाई पर्दामाझ देखाएको छ । फिल्ममा मायाप्रेम पनि छ ।

विन्दासले व्यावासायिक सफलता प्राप्त गर्नेका कत्तिको आशावादी हुनुहुन्छ ?
म धेरै आशावादी छु किनकी यो फिल्म युवापुस्तालाई लक्षित गरेर निर्माण गरीएको भएतापनि सम्पुर्ण वर्गले एकपटक हेर्नै पर्ने फिल्म हो । यसमा एउटा सिनेमा निर्माण गर्नलाई चाहिने हरेक कुरा छ । मलाई लाग्छ निर्माताले फिल्म निर्माण गर्न मात्र हैन पव्लिसिटिमा पनि कुनै कन्जुस्याईं गर्नुभएको छैन । मेरो पहिलो फिल्म दिलमाया र दोस्रो द्रव्यको तुलनामा निकै राम्रो वनेको छ । मेहनत गरेकै कारण फिल्मले व्यवसायिक सफलता प्राप्त गर्नेमा म र मेरो युनिट ढुक्क छौं । मलाई आशा छ उधोगमा यो फिल्म नै मेरो जीवनको टर्निङ प्वाइन्ट हुन्छ ।

नेपाली फिल्महरु व्यवसायिक असफल हुनुमा के-केमा कमी जस्तो लाग्छ ?
मेरो विचारमा दक्ष जनशक्तिको कमी, फिल्म निर्माण गर्नु पूर्व फिल्मको स्टोरीमा अध्ययन नगर्नु, विदेशी फिल्मवाट कपी गर्ने प्रवृती नै जस्तो लाग्छ । अर्को कुरा कुनै फिल्मले राम्रो व्यापार गर्यो भने हाम्रो प्रवृती त्यसकै कपी गर्ने छ तर त्यो गलत हो । हामीले कुनै पनि काम गर्दा दर्शक या उपभोक्तालाई नयाँ स्वाद दिने प्रयास गर्नुपर्छ तर यो होइन की नयाँ भन्दैमा कपी गर्नैपर्ने सकेसम्म यथार्थ कथा साथै आफ्नो मौलिकतामा आधारीत फिल्म दिने प्रयास गर्नुपर्छ ।

यस क्षेत्रमा नवकलाकारहरु हवात्तै वढ्नुको कारण के हो जस्तो लाग्छ ?
नेपालको कन्टेस्टमा हेर्ने हो भने यहाँ धेरै युवाहरु फिल्ममा अभिनय गर्न चाहन्छन् तर प्लेटफर्म पाइरहेका हुँदैनन् त्यसकारण उनीहरुले प्लेटफर्म नपाइरहेको अवस्थामा आफ्नो इच्छा पुरा गर्नका लागी सानो अवसर पाएमा प्रवेश गर्छन् जसका कारण नव कलाकारको संख्यमा वृद्धि भइरहेको छ ।

व्यापारमा निकै व्यस्त हुनुहुन्छ फिल्म क्षेत्र प्रति तपाईंको मोह कहिलेसम्म रहला ?
हो म व्यापारमा व्यस्त छु यसमाने यो होइन की फिल्म नै नखेल्ने अर्को कुरा व्यापार नै छोडेर भने यस क्षेत्रमा लाग्ने भने छैन । अहिले सम्म समय मिलाएर फिल्ममा अभिनय गरिरहेको छु जहिले सम्म मलाई दर्शकले माया गर्नुहुन्छ मेरो अभिनयलाई मन पराउनुहुन्छ तवसम्म म यस क्षेत्रमा रहन्छु ।

अवश्य फर्किन्छु भन्दै छोरी नलिई गईन् अरुणिमा अमेरिका - Photo Feature

Published on: // ,
स्वदेश फर्किने यो एउटा उनको प्रमाण पनि त्यसैले न्यूजहरुमा जे जस्ता आलोचना भए पनि त्यसको कुनै मतलव छैन अरुणिमालाई । किनकी उनले दश महिनाको काखे छोरीलाई नेपाल छाड्दै आज अमेरिका उडेकी छिन् । उनको भनाईलाई आधार मान्ने हो भने आजको ठीक ३२ दिनका उनी नेपाल फर्किने छिन् । उनी श्रीमानका साथ आज साँझ सात बजे अमेरिका उडेकी हुन । उनलाई एयरपोर्ट ड्रप गर्न उनका पिता एवं कलाकार समेत रहेकी आफ्नी आमा राधा लम्साल र गायिका सुनिता दुलाल पुगेका थिए ।

'अबश्य पनि म नेपाल फर्किन्छु किनकी म दश महिनाको छोरी छाडेर गएको जाँदैछु', एयरपोर्टमा फिल्मीखबरसंग गफिदै अरुणिमाले भनिन् । उनको छोरीलाई एक महिना उनको सासुले स्यहार्ने छिन् । सन्तान प्राप्ती पछि फिल्मी अभिनयबाट बाध्यात्मक टाढा रहेकी उनी न्यूर्योकमा रहेकी अभिनेत्री रन्जना शर्माको निवासमा बस्ने छिन् । विवाह पश्चात दिल खोलेर घुम्न नपाएकी अरुणिमाको यो घुमाई हनिमुन स्टाईलको हुने छ । यस्तै यो भ्रमणमा निकै महत्वपूर्ण स्थल चाहि हलिउड इन्डष्ट्री नछुटाउने उनको योजना छ । 

पहिलो पटक छोरी अमेरिका जाने भएपछि अरुणिमा मम्मी निकै दङ्ग थिईन् । उनले चाहने वित्तिकै अमेरिका घुम्न जान पाएकोमा छोरीलाई लक्की पनि भनेकी छिन् । एक महिनाको यो यात्राका लागि उनीहरुले निकै ठूलो लगेज लगेका थिए जसबाट केही आशंका ब्यक्त गर्न सकिन्छ कतै अरुणिामा सानी छोरी बिर्सिएर अमेरिकामै हराउने त हैन ? 

नोट : अमेरिका पुगेपछि उतै हराउनेमा हिरोहरुको तुलनामा अधिकाश हिरोईनहरु छन् जसको नाम केलाउदा गौरी मल्ल, कृष्टी मैनाली, पुजा चन्द, सारङगा श्रेष्ठ, जल शाह, रन्जना शर्मा तथा यूना उप्रेती नाम आउछ । यस्तै हिरो तर्फ सरोज खनाल र रमेश उप्रेती पर्दछन् । -फोटो न्यूज श्रोत : फिल्मीखबर डट कम 




Rajatpat-Sept 5, 2012

Published on: // ,
rajatpatInfo: A weekly program offering gossip, events, and stars of the Nepalese film industry.



Ekkai Chinnma- VISA GIRL

Recently Added

Fullistop Nepali Movie

MOST RECENT

Sansar Afnai

Blog Archive

Popular Posts

Feed!

Music Videos

RSS Feed!
RSS Feed!
RSS Feed!